• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

काठमाडौमा ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण



काठमाडौं । काठमाडौं महानगरपालीकाले बिगत ६० दिनमा ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको छ ।

महानगले ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिइएको जनाएके छ । महानगरप्रमुख बालेन साहले यही गतिमा काम गरेर मंसिर मसान्तभित्र सामुदायिक कुकुर र विरालो सबैलाई बन्ध्याकरण र खोप दिइ सकिने जानकारी गराउनु भएको छ ।

महानगरले असोज २३ गतेदेखि ९ वटा कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा ९ वटै वडाबाट बन्ध्याकरण तथा खोप अभियान सुरु गरिएको हो ।

अभियान बारे जानकारी दिदै मेयर साहले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

हामीले सोचेजस्तो धेरै कुकुर र विरालोको संख्या भेटिएन । टोलमा भेटिएका कुकुर विरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनस्र्थापना गरिरहेका छौँ । बन्ध्याकरण गरिएका कुकुर विरालोको एअर नोच (कानमा सानो चिन्ह) लगाएको छ ।

हाम्रो लक्ष्य भनेको सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने हो ।

हामी कार्यक्रमलाई निरन्तर सञ्चालन गरिरहेका छौँ । पुसको पहिलो हप्ताबाट हामीले अभियानमा तपाईँको सहभागिता अपेक्षा गरेका छौँ । यसका लागि तपाईँले एअर नोच नभएका कुकुर विराला देख्नुभयो भने हाम्रो कल सेन्टरको नि:शुल्क फोन नं। ११८० मा सम्पर्क गरेर जानकारी गराउन सक्नुृहुनेछ । हामी यस्ता कुकुर विरालालाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप सेवा उपलब्ध गराउँछौँ ।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइएको हो ।

घर पालुवा जनावरको हकमा भने घर धनी आफैले बन्ध्याकरण र खोपको व्यवस्था मिलाउन हामी अनुरोध गर्न चाहन्छौ । यसका साथै घरपालुवा कुकुर र बिरालोलाई ‘माइक्रो चिप्स’ जडान प्रक्रियामा छौँ । त्यसपछि अनिवार्य रूपमा घरपालुवा जनावर पाल्ने घरधनी सबैले उक्त चिप्स राख्नु पर्नेछ । यसबाट संख्या एकिन भइ संख्या र अवस्था व्यवस्थापन गर्न सहज हुनेछ ।

हामी चौपायाहरुलाई ओसारपसार गर्न एम्बुलेन्स खरिद प्रक्रियामा छौँ । मृत जनावरको व्यवस्थापनका लागि इन्सिनिरेटर खरिद गर्दैछौँ । यसबाट पशुकल्याण तथा सहज वातावरणमा बाँच्ने पशु अधिकारमा नयाँ आयाम थपिनेछ ।