२४ श्रावण २०८३, आईतवार
,
Latest
माडी जाने सडकको झाडी फँडानी सुरु, वन्यजन्तु र यात्रुको सुरक्षा बढ्ने अपेक्षा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक बालेन नेतृत्वको सरकार ‘शासकीय अराजकता’मा फस्यो : गगन थापा फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बनाइँदै, बेनी–दरवाङ सडकको जोखिम घट्ने ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो: ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताउनुभएको छ ।

बिहीवार बैतडीको गोठलापानी आयोजित महाकाली—मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको बताउनु भयो । गणतन्त्रको बिरोध गर्ने दु:शाहसी काम भइरहेको बताउनु भयो । उहाँले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिव हुन जन्मिने कुरा स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले जनता विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु मौका आउँछ की भनेर दुलाबाट टाउको निकालेर फेरि सल्बलाउन खोजेका छन् । अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, अहिले श्री ५ महाराजधिराज भनेर शालिक लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ । गणतन्त्रको बिरोध गर्ने, त्यो दु:शाहसी काम भइरहेको छ ।’

‘लोकतन्त्रको बिरोध गर्ने दु:शाहसी काम भइरहेको छ । तसर्थ हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैति हुन सक्दैनौँ । फेरि हामी दास हुन सक्दैनौँ । फेरि हामी छुवाछुत र अनेक प्रकारतिर फर्किन सक्दैनौँ । फेरि हामी जन्मिँदै कोही राजा हुन जन्मिन्छ, कोही दास, कोही धनी र कोही गरिव हुन जन्मिन्छ, भनेर मान्दैनौँ । अब गरिबी अन्त्य गर्नैपर्छ । अभाव, भोकमरी समाप्त गर्नैपर्छ, त्यो काम सरकारको हो ।’

अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बतउनु भयो ।