• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालत पाटनले भोलि आदेश सुनाउने



काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको उच्च अदालत पाटनमा पुनरावेदनको बहस सकिएको छ ।

आज जवाफी बहस सकिएसँगै न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले भोलि आदेश आउने बताउनुभएको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने हिजो सकिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीले पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।