२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: एपिएफलाई ११ रनले हराउँदै मधेश फाइनलमा



अ+ अ-

काठमाडौं । केपी ओली टि२० कपमा नेपाल एपिएफ क्लबलाई ११ रनले हराउँदै मधेश प्रदेश फाइनलमा पुगेको छ । फाइनलमा मधेशले उपाधिको लागि आर्मीसँग खेल्नेछ ।

मधेशले जितको लागि दिएको १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । एपिएफको लागि सन्दीप जोरा र प्रदीप ऐरीले अर्धशतकिय ईनिङ खेले । जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन बनाए । प्रदीपले ४२ बलमा ३ चौका र ४ छक्कासहित ५५ रन बनाए । तेस्रो विकेटका लागि प्रदीप र सन्दीपले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए ।

यस्तै, लोकेश बम ३२, सुमित महर्जन १३, आसिफ शेख ४, अरुण ऐरी शून्य र पुरन बिक ४ रनमा आउट भए ।

बलिङतर्फ मधेशको लागि विशाल पटेलले सर्वाधिक ३ विकेट लिए । प्रदीप पासवान र कप्तान हरिशंकर शाहले समान २ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो।

मधेशका ओपनर अनिल शाहले र इमरान शेखले उत्कृष्ट अर्धशतकिय इनिङ खेलेका थिए । अनिलले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५७ रन बनाए । इमरानले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन जोडे । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गरेका थिए । पवन सरार्फ ३३, रुपेश सिंह २१, हिमान्शु दत्त १५, कप्तान हरिशंकर शाह १० तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाएका थिए ।

एपिएफका स्पिनर मौसम ढकालले सर्वाधिक ३ विकेट लिएका थिए भने अमरसिंह राउटेलाले २ विकेट लिए ।