३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सले यात्रुसँग क्षमा माग्यो



फाईल फोटो
अ+ अ-

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल युएईमा आयोजना हुने कोप२८ सम्मेलनमा सहभागी हुन दुबई जाने क्रममा नेपाल एयरलाइन्सका ३१ जना यात्रु छुटेको विषय सार्वजनिक भएपछि एयरलाइन्सले क्षमा मागेको छ ।

नेपाल एयरलाइन्सको काठमाण्डौं–दुबई रुटको बिमानबाट प्रधानमन्त्री सहितको सरकारी प्रतिनिधिमण्डल बुधबार राति दुबईतर्फ प्रस्थान गरेको थियो । यद्यपी, नेपाल एयरलाइन्सको नियमित उडान बुधबार राति ११ बजे हुनु पर्नेमा डेढ घण्टा अघि नै राति ९.३० बजे केही यात्रुहरुलाई छाडेर उडेको थियो ।

एयरलाइन्सले यात्रुहरुको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सी मार्फत् सेड्युल परिवर्तन भएको जानकारी गराएको दाबी गरेको छ, तर छुटेका यात्रुहरुले आफूहरुलाई कुनै जानकारी नदिएको बताएका छन् ।

यो पनि पढ्नुहोस- ३१ यात्रुलाई काठमाडौंमा छाडेर प्रधानमन्त्रीलाई लिएर दुवई उड्यो नेपाल एयरलाइन्स( भिडियो सहित)

छुटेका यात्रुहरुलाई उपलब्ध वैकल्पिक उडानबाट आजै गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको पनि एयरलाइन्सले जनाएको छ । एयरलाइन्सको यस कमजोरीका कारण यात्रुहरुले ट्रान्जिट विमान पनि गुमाएका छन् ।

नियमित उडानमै दुबई जाने प्रधानमन्त्री सहितको प्रतिनिधिमण्डलको पूर्व निर्धारित कार्यक्रम कसले डेढ घण्टा अघि सारेको थियो भन्ने खुलेको छैन, तर यसले सरकारी निकायहरुबीचको समन्वय निकै कमजोर रहेको छताछुल्ल भएको छ । यस घटनाबाट प्रधानमन्त्री स्वयं र पर्यटन मन्त्री सुदन किरातीको सुशासन र जवाफदेहीताको नारा खोक्रो सावित भएको जानकारहरु बताउँछन् ।