५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्पादित दूध बिक्री नभएपछि किसान चिन्तित



फाईल फोटो
अ+ अ-

गोरखा । गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूधले बिक्री नभए पनि खेर फ्याक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिनुभयो ।

फार्ममा दैनिक चारसय लिटर दूध उत्पादन गर्दै आएको भए पनि प्रत्येक दिन आधाजसो दूध गाईलाई खुवाउनुपर्ने अवस्था रहेको उहाँले दुखेसो पोख्नुभयो । ‘‘सदरमुकामसहित जिल्लाभित्रका मुख्य बजारमा बाहिर जिल्लाबाट दूध आयात हुन्छ, सञ्चालक बस्नेतले भन्नुभयो, ‘‘तर हामी स्थानीय किसानले उत्पादन गरेको दूध बिक्री नभएपछि दूध गाईलाई खुवाउनु परेको छ ।’’

उहाँले उत्पादन भएकोमध्ये करिब दुई सय लिटर दूध भने गोरखा बजार क्षेत्रमा घरघरमा पुर्‍याएर दैनिक बिक्री गर्ने गरेको जानकारी दिनुभयो । किसान बस्नेतले भन्नुभयो ‘‘बाँकी आधा भन्दाबढी दूध बिक्री नभएपछि कित गाईलाई खुवाउनुपर्छ छ कि फ्याक्नुपर्ने अवस्था छ ।’’उत्पादित दूधले बजारमा पाए मासिक साँढे दुई लाखभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो ।

‘‘दैनिक चारसय लिटर दूध राम्रोसँग बिक्री भए दैनिक रु २६ हजारको कारोबार हुन्छ, बस्नेतले भन्नुभयो, ‘‘त्यसबाट खर्च कटाएर मासिक रुपमा राम्रो आम्दानी हुने थियो ।’’ बिक्री नभएको दूध राख्न ठूला चिस्यान केन्द्र नहुँदा बिक्री नहुने वित्तिकै खेर फाल्नुपर्ने अवस्था रहेको छ ।

फर्मबाट दैनिक एक हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । अहिले दुहुना बाहेक पनि ५४ वटा कोरली गाईन ब्याउने रहेको बस्नेतले बताउनुभयो । ‘‘सबै गाई ब्याएसँगै अब दैनिक करिब एकहजार दूध उत्पादन हुन्छ, उहाँले भन्नुभयो, ‘‘तर कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको छ ।’’

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले स्थानीय उत्पादनको बजारीकरणका लागि नगरपालिका आवश्यक पहल गरिरहेको बताउनुभयो । ‘‘नगरपालिकाले प्राविधिक र आर्थिक हिसाबले आफै कोल्डचेन सञ्चालन गर्ने अवस्था छैन, उहाँले भन्नुभयो, ‘‘स्थानीय बजारमा खपत गराउनका लागि व्यवस्थित डेरी उद्योग सञ्चालन गर्न सकिन्छ कि भनेर परामर्स गरिरहेका छौँ ।’’

उहाँले स्थानीय उत्पादनमा जोड दिन नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याउन लागेको समेत बताउनुभयो । ‘‘स्थानीय किसानले उत्पादन गरेको दूध खेर जाने र उपभोक्ताले बाहिरबाट आयात गरेर ल्याएको दूध उपभोग गर्नुपर्ने अवस्था राम्रो होइन, उहाँले भन्नुभयो, ‘‘यसमा व्यवस्थापन मुख्य समस्याको यसको समाधानका लागि नगरपालिकाले योजना बनाएर अघि बढ्छ ।” रासस