• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ: एमाले सचेतक बराल ★   साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन ★   बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४ औ शाखा सञ्चालनमा ★   ‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’ ★   ललितपुर महानगरका मेयर महर्जनको प्रशंसा नगरी बस्न सक्दिन: राप्रपा सांसद कार्की ★   राष्ट्रिय ललितकला प्रदर्शनी: तीस हजार बढीले अवलोकन गरे ★   युरो कप आजदेखि सुरु, जर्मनी र स्कटल्यान्ड भिड्दै ★   फिस्लिङ दुर्घटना अपडेट: उपचारका क्रममा चालकको मृत्यु ★   काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ: प्रेम सुवाल ★   पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ: सांसद सिंह

लगातार तीन दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार स्थिर रहेको छ ।

बुधबार एकैदिन तोलामा एक हजार छ सय रूपैयाँले बढेर सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्य यथावत रहि बुधबार कै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन बुधबार कै मूल्य प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी बुधबार कै मूल्य प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।