• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

लगातार तीन दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार स्थिर रहेको छ ।

बुधबार एकैदिन तोलामा एक हजार छ सय रूपैयाँले बढेर सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्य यथावत रहि बुधबार कै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन बुधबार कै मूल्य प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी बुधबार कै मूल्य प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।