• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण

हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन



अमेरिकाका पूर्व विदेशमन्त्री एवं वरिष्ट कुटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको कनेक्टीकटमा रहेको निवासमा उहाँको निधन भए पनि मृत्युको कारण बारेमा विस्तृत विवरण दिइएको छैन ।

अमेरिकाका यी वरिष्ट कुटनीतिज्ञले अमेरिकी पूर्व राष्ट्रपतिहरु निक्सन र फोर्डको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारको पनि जिम्मेवारी सम्हाल्नु भएको थियो ।

अमेरिकी विदेश नीतिमा आमूल परिवर्तन ल्याउने पात्रको रुपमा किसिन्जरलाई कुटनीतिक क्षेत्रमा विश्वभर चिनिन्छ ।

जर्मनीमा सन् १९२३ मा जन्मिएका किसिन्जर सन् १९३८ मा भागेर अमेरिका पुग्नु भएको थियो ।

सन् १९६९ मा तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले किसिन्जरलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेसँगै उहाँको प्रभाव अमेरिकी विदेश नीतिहरुमा देखिन थालेको थियो । उहाँले निक्सनकै कार्यकालमा विदेश मन्त्रीका रुपमा सेवा गर्नु भएको थियो । त्यसपछिका राष्ट्रपति गेराल्ड फोर्डको कार्यकालमा पनि उहाँ विदेश मन्त्री रहनु भएको थियो ।

चीनसँगको सम्बन्ध सामान्यीकरण गर्न, सन् १९७३ मा इजरायलको योम किपुर युद्ध अन्त्य गर्न तथा भियतनाम युद्ध अन्त्य गर्ने पेरिस शान्ति सम्झौता गराउन उहाँले विशेष भूमिका निर्वाह गर्नु भएको थियो ।

तथापी रुससँग सम्बन्ध तिक्ततापूर्ण बनाउन र चिलीका तानाशाह अगस्टो पिनोचेसँगको सम्बन्ध सुधार गर्न विवादास्पद भूमिका निर्वाह गरेको आरोप उहाँमाथि लाग्ने गरेको छ ।

यद्यपी किसिन्जरले विश्वशान्तिका लागि महत्वपूर्ण योगदान गरेको भन्दै सन् १९७३ मा उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय राजनीतिमा गहिरो अभिरुचि राख्ने किसिन्जरले २१ वटा पुस्तक लेख्नु भएको थियो ।