• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

राष्ट्रपति पौडेलबाट प्रजातन्त्र सेनानी पूर्णानन्द शर्माको निधनमा शोक व्यक्त



झापा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाउनुभएको छ ।

राष्ट्रपति पौडेलले पठाउनुभएको समवेदना सन्देश र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उहाँकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उहाँको झापास्थित निवासमा पुगेर हस्तान्तरण गर्नुभयो ।

राष्ट्रपति पौडेलले पठाउनुभएको समवेदना सन्देशमा भनिएको छ–‘लोकतन्त्रका लागि भएका आन्दोलनमा पटक पटक सहभागि भएर जेलनेल र यातना भोग्नुभएका पूर्णनन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता हुनुहुन्थ्यो । लोकतन्त्रप्रति समर्पित पूर्णनन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति भएको मैले महशुस गरेको छु ।’

राष्ट्रपति पौडेलले पंचायतका कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा तत्कालिन अवस्थामा दमक हाइस्कूलका प्रधानाध्यापक रहनुभएको पूर्णनन्द शर्माले गर्नुभएको सहयोगको स्मरण पनि गर्नुभएको छ ।

झापाको कमल गाउँपालिका वडा नं। ६ मा स्थायी रूपमा बस्दै आउनुभएका शर्माको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा उहाँ पक्राउ परेर ५ वर्षभन्दा बढी जेलमा बस्नु भएको थियो । शर्मा पञ्चायत कालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक बन्दी जीवन विताउनुभएको थियो ।