३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ एमालेको पुष्पलाल राजमार्ग केन्द्रित सङ्कल्प यात्राको रुट



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले बिहीबारदेखि पुष्पलाल राजमार्ग केन्द्रित सङ्कल्प यात्रा सुरु गर्दैछ । बैतडीको झुलाघाटबाट सुरु हुने यात्राको उद्घाटन गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली बैतडी पुगेका छन् । उनले भोलि बिहान झण्डोत्तलन गरेर यात्राको प्रारम्भ गर्नेछन् ।

अध्यक्ष ओलीले बिहान साढे ८ बजे झण्डोत्तोलन गरिसकेपछि ११ बजे गोठलापानी बजारमा कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भोलिको यात्रा अमरगढी पुगेर समापन हुनेछ ।

त्यस्तै, दोस्रो दिन अमरगढीबाट यात्रा सुरु भएर सिलगढी पुगेर समापन हुनेछ । तेस्रो दिन सिलगढीबाट सुरु हुने यात्रा मङ्गलसेन पुगेर समापन हुनेछ ।

चौथो दिन मङ्गलसेनबाट यात्रा सुरु भइ दैलेखमा समापन हुनेछ । पाचौँ दिनको यात्रा दैलेखबाट सुरु भएर सुर्खेतमा समापन हुनेछ भने छैठौँ दिन रुकुमकोट पुगेर यात्रा समापन हुनेछ । सातौँ दिनको यात्रा गलकोटमा पुगेर समापन हुनेछ भने आठौँ दिनको यात्रा पोखरा पुग्नेछ ।

त्यसैगरी, नवौँ दिन गोरखा, दशौँ दिन बट्टार, एघारौँ दिन धुलिखेल, १२ औँ दिन मन्थली र १३ औँ दिनको यात्रा दिक्तेल पुग्नेछ । १४ औँ दिन भोजपुर, १५ औँ दिन वसन्तपुर, १६ औँ दिन सङ्क्रान्ति बजार र १७ औँ दिनको यात्रा फिदिम पुग्नेछ ।

१८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन हुनेछ । १८ औँ दिन यात्रा पुनः फिदिम फर्किने र फिदिमबाट १९ औँ दिन अर्थात् पुष २ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

Jhulaghat-Chiwabhajnyangbooklet