• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

ललितपुर सिटी एफसीले ५०० वटा टिकट फ्रिमा बाँड्दै



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसीले आज बुधबार पोखरा थन्डर्सविरुद्ध खेल्दैछ ।

सो खेल हेर्न चाहने आफ्ना दर्शकका लागि ललितपुरले ५०० वटा टिकट निःशुल्क (फ्रिमा) बाँड्ने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि हुने खेलका लागि ललितपुरले ५०० टिकट बाड्ने भएको हो ।

ललितपुरले सामाजिक सञ्जालमार्फत टिकट लिन चाहनेहरूले दिउँसो ४ बजेदेखि ४ः३० बजेसम्म घान्द्रुक नेपाली क्विजिन र पेपे पिज्जाबाट टिकट लिन सकिने जनाएको छ ।

आज ललितपुर र पोखरा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् ।