४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर सिटी एफसीले ५०० वटा टिकट फ्रिमा बाँड्दै



अ+ अ-

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसीले आज बुधबार पोखरा थन्डर्सविरुद्ध खेल्दैछ ।

सो खेल हेर्न चाहने आफ्ना दर्शकका लागि ललितपुरले ५०० वटा टिकट निःशुल्क (फ्रिमा) बाँड्ने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि हुने खेलका लागि ललितपुरले ५०० टिकट बाड्ने भएको हो ।

ललितपुरले सामाजिक सञ्जालमार्फत टिकट लिन चाहनेहरूले दिउँसो ४ बजेदेखि ४ः३० बजेसम्म घान्द्रुक नेपाली क्विजिन र पेपे पिज्जाबाट टिकट लिन सकिने जनाएको छ ।

आज ललितपुर र पोखरा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् ।