७ असार २०८३, आईतवार
,
Latest
क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सेना र प्रहरी खटाउने सरकारको निर्णय



file photo
अ+ अ-

काठमाडौं। सरकारले जाजरकोट भूकम्पबाट घरबार गुमाएका नागरिकलाई अस्थायी आवास निर्माणका लागि नेपाली सेना र प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट र रुकुमपश्चिममा सेना र प्रहरी खटाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

शर्माले  भन्नुभयाे – “जाजरकोट केन्द्रबिन्दु भइ कार्तिक १७ गते गएको भुकम्पबाट प्रभावितहरुलाई अस्थायी आवास निर्माणको कार्य ढिला भयो भन्ने कुरा आएको छ । जसरी राहत र उद्धारको कार्य भएको थियो त्यो ढंगले अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडी अस्थायी अवास निर्माण कार्यको लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ । त्यसको सिफारिसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खटाउने निर्णय भएको छ । यदि जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप जनशक्ति उपलब्ध गराउने भन्नेपनि छ ।”

कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भुकम्प गएको थियो ।

तस्बिरः हेमन्त केसी / रासस