• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

चीनको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु



एजेन्सी । चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान शहरमा मंगलवार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २:४० बजे दुर्घटना भएको हो ।

हेइलङजियाङ लङमे सुशाङ्गेशान मिनिङ कम्पनी लिमिटेडको शुआङयाङ कोइला खानीमा चट्टान फुटेको कारण भएको थियो । खोजी तथा उद्धार कार्य सम्पन्न भई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।