१२ बैशाख २०८२, शुक्रबार
,
Latest
हावा र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी: चीन देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ? भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकृष्ण खाणले न्याय पाउनुहुन्छः सभापति देउवा



अ+ अ-

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

आज रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहँुदै उहाँले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताउनुभयो । भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका कांग्रेस नेता खाणलाई फसाइएको आरोप कार्यकर्ताहरुले लगाएका थिए ।

“बालकृष्ण खाण यहाँको नेता हो, तपाईहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो त्यसकारण तपाईहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो ।” देउवाले भन्नुभयो “तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।” अदालतमा विचाराधीन रहेको कारण बोल्ने नहुने बताउँदै देउवाले तर पनि आफूलाई उहाँले न्याय पाउने विश्वास लागेको बताउनुभयो ।

देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएको कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताउनुभयो । “अरुलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन”, देउवाले भन्नुभयो, “काठमाडौँमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहान्छु ।”

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, दीपक गिरी, अब्दुल रज्जाक, भरतकुमार शाह, देवेन्द्र कँडेल, लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतले बोल्नुभएको थियो । रासस