६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आधिखोला महोत्सव,२०८० गर्दै



अ+ अ-

काठमाडौँ । स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आधिखोला महोत्सव,२०८० आयोजना गर्ने भएको छ ।

कमर्सले कृषि,र्पटन,उद्योग र व्यवसाय विकास हाम्रो शान,दोस्रो स्याङ्जा आधिखोला अभियान भन्ने नारासहित स्याङजाको पुतलीबजार खेल मैदान पौष १९ गतेदेखि माघ २ गतेसम्म मेला आयोजना हुन लागेको हो । कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन तथा सस्कृतिको जर्गेना गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र स्याङ्जा चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा मेला आयोजना हुन लागेको स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मीले बताउनु भयो ।

उहाँले महोत्सवले स्याङ्जाको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले स्याङ्जाको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी,सूचना प्रविधिको प्रदर्शनी,आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन,संस्कृतिको जर्गेना गर्ने उद्देश्य महोत्सव आयोजना गर्न लागेको बताउनु भयो । उहाँले महोत्सवमा २०० स्टलहरु रहने बताउनु भयो । उहाँले महोत्सवमा ३ लखा भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको बताउनु भयो ।

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामिण प्रविधिको प्रयोग गर्ने,उत्पादित वस्तुको बजार प्रवद्र्धन एकै थलोबाट राउँदै गुणस्तरको पहिचान गराउँदै उपभोक्ता सम्म पु¥याउने रहेको छ । महात्सवले कृषि जन्य घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न आवश्यक ज्ञान,उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ । त्यस्तै मेलाले आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्न सहयोग मिल्नेछ । मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।