५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा



अ+ अ-

पोखरा । पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

आर्मीले जितको लागि दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४७ रन बनायो । कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले समान २/२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहब आलम र रोहित पौडेलले १/१ विकेट लिए ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरेका थिए । सन्तोषले ४१ बलमा ५० रन बनाए भने भीम २४ बलमा ५३ रन बनाएर आउट भए। आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ जोडे ।

बलिङतर्फ कोशी प्रदेशका सर्वन यादवले सर्वाधिक ३ विकेट लिँदा कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १/१ विकेट लिएका थिए ।

यससँगै केपी ओली कप टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहिवार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबिच हुनेछ भने दोस्रो सेमिफाइनलमा सशस्त्र र मधेस प्रदेश भिड्नेछन् ।

फाइनल खेल शुक्रबार हुनेछ ।