• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

कमेडियन अपूर्वक्षितिज सिंहलाई १० हजार जरिवाना



काठमाडौँ । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्वक्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो ।

कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्डअप कमेडीको भिडिओ २०७९ भदौ १० गते युट्युबमा हालिएको थियो । ‘नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडियो २४ घन्टा नबित्दै विवादित बनेको थियो ।

काठमाडौं जिल्ला अदालतले २०७९ कात्तिक ३ गते न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पुर्पक्षको लागि २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर सिंह छुटेका थिए ।