५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व नेताहरूले कोप–२८ जलवायु सम्मेलनमा ग्लोवल वार्मिङको घातक चक्र तोड्नुपर्छ: महासचिव गुटेरेस



file photo
अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस हप्ता शुरु हुने जलवायु सम्मेलनमा भाग लिने विश्व नेताहरूले विश्व जलवायु परिवर्तनको खतरा रोक्ने कुरामा आवश्यक जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र प्रमुखले न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा पत्रकारहरूसँगको कुराकानमिा सप्ताहन्तमा अन्टार्कटिकामा बरफ पग्लिरहेको र गम्भीर रूपमा स्तब्ध पार्ने गति भइरहेको बताउनु भयो । उहाँले १९९० को शुरुवातको दर भन्दा तीन गुणा छिटो हिउँ पग्लिरहेको बताउनु भयो । हालको तथ्याङ्कले देखाउँछ कि, दक्षिण ध्रुवमा समुन्द्री बरफको वर्तमान सीमा यस सिजनको औसत भन्दा १.५ मिलियन वर्ग किलोमिटर कम छ । यो क्षेत्र पोर्चुगल, स्पेन, फ्रान्स र जर्मनीको कुल संयुक्त भूमिमास बराबर छ ।

उहाँ जलवायु परिवर्तनका कारण बाढी र नुनिलो पानीको प्रभावले खाद्य र पानीका स्रोतहरूमा प्रभाव पार्ने बताउनु भयो । जसले साना टापुहरू र विश्वभरका धेरै तटीय शहरहरूको दिगोपनलाई असर गर्ने उहाँको भनाइ छ ।

हिउँ घट्दै जाँदा र तातो मौसम तिब्र रुपमा बढ्ने र यसले सम्पूर्णमा असर पुग्ने बताउनु भयो । उहाँले कोप २८ सम्मेलनमा विश्व नेताहरुले जलवायु परिवर्तनबाट भइरहेको असरको चक्र तोड्नुपर्ने बताउनु भयो ।

यसका लागि नवीकरणीय उर्जाको तीन गुणा प्रयोग, ऊर्जा दक्षतामा दोब्बर बनाउने र २०३० सम्ममा सबैका लागि स्वच्छ उर्जामा पहुँच गर्ने विश्वव्यापी सम्झौता पर्याप्त हुने बताउनु भयो ।