• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

आईपीएलका यी खेलाडीहरु जसलाई टिमले रिलिज गर्दा फ्यानहरु अचम्मित बने



एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ का लागि मिनी लिलामी डिसेम्बर १९ मा हुँदैछ । यसअघि नोभेम्बर २६ मा प्रतियोगितामा सहभागी सबै १० टोलीले आफ्ना रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गरेका थिए ।

कतिपय फ्रेन्चाइजीले अपेक्षा नगरिएका खेलाडीलाई रिहा गरेका छन् । यस्तो अवस्थामा यहाँ ५ खेलाडीको बारेमा बताउन गइरहेका छौँ जसलाई फ्रेन्चाइजीहरुले रिलिज गरेका थिए जो आफैं पनि रिहा हुने आशा गरेका थिएनन् ।

१. शाहरुख खान (पञ्जाब किंग्स)


शाहरुख खानलाई सन् २०२३ को आईपीएलमा पञ्जाब किंग्सले ९ करोड रुपैयाँभन्दा बढीमा किनेको थियो । यी खेलाडीले सानदार प्रदर्शन पनि गरेका थिए । यसका बाबजुद पनि उनी टोलीमा राखिएनन् । शाहरुखले १६५.९५ को स्ट्राइक रेटमा रन बनाएका थिए । डेथ ओभरमा खतरनाक ब्याटिङका ​​कारण उनी प्रतियोगिताभर चर्चाको विषय बनेका थिए ।

२. जोस हेजलवुड (रोयल च्यालेन्जर्स बैंगलोर)


रोयल च्यालेन्जर्स बैंगलोरले जोस हेजलउडलाई रिलिज गरेर सबैलाई चकित बनाएको छ । टोलीले उपस्थित प्रायः सबै मुख्य बलरलाई रिलिज गरेको छ । हेजलवुडले आरसीबीका लागि दुई सिजन खेलेका थिए र १५ खेलमा २३ विकेट लिएका थिए । आरसीबीका अनुसार, हेजलवुड मार्च २०२४ को अन्त्यमा बुबा बन्नसक्छन् र एक महिनासम्म अनुपस्थित हुने सम्भावना छ । यही कारणले उनलाई राखिएको छैन ।

३. फिल साल्ट (दिल्ली क्यापिटल्स)

आईपीएल २०२३ सिजनमा फिल साल्टले पृथ्वी शको ओपनिङ ब्याट्सम्यानको रूपमा रहेको स्थानमा आफूलाई स्थापित गरे । १६३.९ स्ट्राइक रेटमा ९ इनिङ्समा २१८ रन बनाए । ओपनिङ गर्दा उनले धेरै खेलमा टोलीलाई बलियो ओपनिङ दिएका थिए । यो प्रदर्शनका बाबजुद पनि उनलाई फ्रान्चाइजीले राखेन ।

४. हर्षल पटेल (रोयल च्यालेन्जर्स बैंगलोर)


२०२१ मा पर्पल क्याप जितेका तीब्र गतिका बलर हर्षल पटेललाई आरसीबीले रिहा गरेको छ । २०२२ मा पनि उनी १९ विकेट लिन सफल भएका थिए । गत आईपीएल सिजनमा उनले १३ खेलमा १४ विकेट लिन सफल भएका थिए ।

५. उमेश यादव (कोलकाता नाइट राइडर्स)


सन् २०२२ को आईपीएल सिजनमा २१ विकेट लिने उमेश यादवलाई कोलकाता नाइट राइडर्सले रिलिज गरेको छ । उमेशले आईपीएल २०२३ मा ८ खेलमा ६ विकेट लिएका थिए । सायद यही कारणले केकेआरले उनलाई रिटेन नगरेको हो ।