• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

मोहम्मद शामीले सडक दुर्घटनामा परेका युवकलाई बचाए



एजेन्सी । भारतीय क्रिकेट टिमका फास्ट बलर मोहम्मद शामीले नैनीतालमा सडक दुर्घटनामा परी घाइते भएका व्यक्तिको ज्यान बचाएका छन् ।

शामीले यो दुर्घटनाको भिडियो शेयर गर्दै यसको जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै शामीले लेखेका छन्, ‘म धेरै भाग्यमानी छु कि भगवानले उनलाई दोस्रो जीवन दिनुभएको छ ।’

विश्वकप सकिएपछि भारतीय फास्ट बलर हाल बिदामा छन् । उनी उत्तराखण्डमा छन् । नैनीताल घुम्न जाँदा शामीले सडक दुर्घटनामा घाइते भएका व्यक्तिलाई सहयोग गरेको भिडियो शेयर गरेका छन् । शामीले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेका छन्, जसमा उनी सडक दुर्घटना पीडितलाई मद्दत गरिरहेको देख्न सकिन्छ जसको कार सडकबाट तल जंगलमा खसेको थियो ।

शामी एकदिवसीय विश्वकप २०२३ मा सर्वाधिक विकेट लिने बलर थिए । उनले मात्र सात खेलमा २४ विकेट लिए । शामीले लिग चरणमा भारतका प्रारम्भिक खेल खेल्न सकेनन् । तर, बंगलादेशविरुद्धको खेलमा अलराउन्डर हार्दिक पाण्ड्या घाइते भएपछि शामीले टोलीमा स्थान पाएका थिए ।