६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिवन्ध लगायो



अ+ अ-

एजेन्सी । इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिवन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिवन्ध लगाउने संसारको पहिलो देश बनेको छ ।

मासु जनावरको हत्याको सट्टा जनावरको कोषहरूको भिट्रो खेतीद्वारा उत्पादन गरिन्छ । इटालीको संसदले महिनौंसम्मको बहसपछि नयाँ कानून पारित गरेको हो । नियम उल्लङ्घन गरेमा ६० हजार युरो (६५ हजार ८ सय अमेरिकी डलर) सम्म जरिवाना लाग्नसक्छ । जर्मनी र स्पेन लगायत अन्य देशहरूले खेती गरिएको मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिवन्ध लगाएको हो । खेती गरिएको मासुलाई हर्मोन र एन्टिबायोटिकको प्रयोगको आवश्यकता पर्दैन ।

यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ । कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टकाअनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने उद्देश्य राखेको छ ।