३ पुष २०८२, बिहीबार
,
Latest
नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझेदारको हत्या आरोपमा पक्राउ परेका अनिल मण्डलसहित ३ जना सार्वजनिक



अ+ अ-

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा एकसाता अघि हत्या गरेर खाल्डो खनि पुरेको अवस्थामा भेटिएका दुई व्यक्तीको आर्थिक लेनदेनका कारण हत्या भएको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न मध्ये मुख्य योजनाकार मण्डलसहित मोरङका अमित शाह र नासिर आलम पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार थप केही व्यक्ति फरार छन् । हत्यामा केही भारतीय नागरिक समेत संलग्न रहेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । प्रहरीले तीन जनाको हत्या आर्थिक लेनदेनकै कारण भएको बताएको छ । 

आर्थिक लेनदेनको कारण मोरङमा दुई जना र ललितपुरको गोदावरीमा नगरपालिका–१२, थेचोमा थप एकजनाको हत्या गरि खाल्डो खनेर परिएको अवस्थामा शव बिहीबार प्रहरीले फेला परेको छ ।तीन जनाको हत्या सिरहा नगरपालिका वडानम्बर १२ स्थायि घर भएका ३१ बर्षिय अनिल कुमार मण्डलले आपसी लेनदेनका कारण केहि ब्यक्तीको सहयोगमा फरकफरक मिति र स्थानमा हत्या गरी खाल्डो खनेर पुरेको प्रहरी अनुसन्धानले खुलेको छ ।

माघ १२ गते धनपालथान वडानम्बर ७ को उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका वडानम्बर ४ का ३२ बर्षिय शम्भुकुमार चौधरी र भोलीपल्ट धरान उपमहानगरपालिका वडानम्बर ३ का ४८ वर्षिय राजेन्द्रकुमार श्रेष्ठको सोहि स्थान नजिकैको अर्को खाल्डोबाट शव भेटिएको थियो । 

त्यहाँका स्थानीयले शंकास्पद खाल्डो देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले ५ फिट गहिरो खाडलबाट दुईजनाको शव बाहिर निकालेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेसँगै प्रहरी टोली अनुसन्धानको लागि घटना स्थलमा पगेको मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनार्दन जिसीले बताउनु भयो । उहाँले प्रहरीले खाल्डो खन्दा एउटा लाश भेदिएको बताउनु भयो । प्रहरीले त्यसको भोली पल्ट अर्को स्थानमा पनि शंकास्पद खाल्डो खनेर अर्को लाश पनि निकालिएको बताउनु भयो ।

प्रहरी वरिष्ठ उपरिक्षक जिसीले प्रहरीले अनुसन्धानले श्रेष्ठको पुस ५ गते र चौधरीको पुस ७ गते हत्या गरिएको पत्ता लागेको बताउनु भयो । उहाँले प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरुसँग संगलन एक जना हराएको र त्यसको लागि ललितपुरको थेचोमा छ भन्ने थाहा पाएपछि मोरङ जिल्ला प्रहरी र अपराध महाशाखाको टोलीले गोदावरीमा लाख फेला परेको बताउनु भयो । यहाँले प्रहरी अनुसन्धानबाट मण्डल समुहले पुस ५ गते भन्दा अगाडि मंसिर २८ गते ६३ बर्षिय मोहन लिम्बुलाई हत्यागरी ललितपुरको गोदावरी नगरपालिका वडानम्बर १२ थेचोमा खाल्डो खनी पुरेको देखिएको बताउनु भयो । लिम्बुको शव प्रहरीले माघ २० गते बिहीबार मात्रै ललितपुरमा फेला पारेको जिसीले बताउनु भयो । लिम्बुको हत्या गरेर शव चाँडै कुहाउन खाल्डामा नुनको समेत प्रयोग गरिएको भेटिएको उहाँले जानकारी दिनु भयो । 

घटनामा संलग्न तिनै जनालाई प्रहरीले माघ २० गते फरकफरक स्थानबाट पक्राउ गरेको जनाएको छ । मुख्य हत्याका योजनाकार मण्डललाई प्रहरीले काठमाण्डौ महानगरपालिकाको वडानम्बर १३ बल्खुबाट पक्राउ गरेको जनाएको छ । यस्तै सोनारलाई विराटनगर ५ दामाबन्दी चोकबाट र आलमलाई विराटनगर १७ मटेरुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जग्गा जमिनको कारोबारको क्रममा हासिल हुने रकम एकलौटी बनाउन तिनवटै हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । हत्यामा उनीहरुले नाइलनको डोरी तथा गम्छा प्रयोगगरि घाँटी कसेर मृतकहरुको हत्या गरेको खुलेको छ । धनपालथानमा शव भेटिएका श्रेष्ठ र चौधरी मण्डलसंगै मंसिर २९ गते विराटनगर आएको अनुसन्धानको क्रममा खुलेको छ ।