१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न प्रमको आग्रह

वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न प्रमको आग्रह
अ अ+ अ-

काठमाडौ । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गर्नुभएको छ । नास्टको ४४औँ प्राज्ञसभालाई आज प्रधानमन्त्री निवास वालुवाटारमा सम्बोधन गर्दै उहाँले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । 
अहिलेसम्म हाम्रो गति उत्साहहीन, सङ्कल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि प्रधानमन्त्रीको भनाइ रहेको छ । “सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो । पहिले सरकारमा कसरी पुग्ने र पुगे पछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो”, उहाँको भनाइ थियो ।     करिब १११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत् गृह बनाउने देश अहिले पछाडि परेको भन्दै उहाँले वैज्ञानिकलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गर्नुभयो । सभालाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकीसँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशील रहेको बताउनुभयो । यस पटक नेपालको पहिलो भू उपग्रह ‘नेपाली स्याट–१’ सँग सम्पर्क स्थापना गर्न प्रतिष्ठानमा नियन्त्रण केन्द्र स्थापना गरिएको जानकारी पनि उहाँले दिनुभयो । निकट भविष्यमा भवन अनुसन्धान केन्द्र, अन्तरिक्ष अनुसन्धान केन्द्र तथा परम्परागत प्रविधि केन्द्र स्थापना गर्न गृहकार्य अघि बढाइएको जानकारी पनि उहाँले दिनुभयो । 
सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटन गराउन विभिन्न १७ विधामा स्थापना गरेका पुरस्कारको समेत निर्णय गरेको छ ।जस अनुसार प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष, नेपाल लाई ,  कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्र, किर्तिपुरलाई ,विज्ञान पुरस्कार ग्लोबल इन्स्टच्युट फर इन्टरडिस्सीप्लीनरी स्टडिज, डा.उत्तम बाबु श्रेष्ठलाई, प्रविधि पुरस्कार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु,डा. शेर बहादुर पुनलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी 
 विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. भेषराज थापा, युनिभर्सल इञ्जिनियरिङ कलेज, ललितपुरलाई , विज्ञान तथा प्रविधि युवा पुरस्कार डा.सुनिता गौतम, शिखर बायोटेक प्रा.लि. ललितपुरलाई ,  विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. आनन्द मिश्र, कृषि अनुसन्धान निर्देशनालय, प्रदेश नं २ लाई  , विज्ञान तथा प्रविधि युवा पुरस्कार डा .अनुपमा श्रेष्ठ, हिमालयन कलेज
अफ एग्रीकल्चर साइन्स एण्ड टेक्नोलोजी  काठमाण्डौ लाई प्रदान गर्ने निर्णय गरेको छ  । यसै गरी   विज्ञान तथा प्रविधि युवा पुरस्कार डा.सागर रेग्मी, व्यबहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), त्रि.वि.वि, किर्तिपुर,काठमाण्डौ लाई , विज्ञान तथा प्रविधि महिला पुरस्कार डा.रेशमा तुलाधर, सुक्ष्मजीव विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्रविद्यालय, किर्तिपुर, काठमाण्डौ
लाई,  प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार नेपाल विज्ञान शिक्षक समाज काठमाण्डौ लाई  प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार सुश्री मनिषा द्वा, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नेपाल लाई ,  विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार श्री गोविन्द प्रसाद पोखरेल, कान्तिपुर दैनिक, काठमाण्डौलाई , दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सुश्री मिरा खड्का , काठमाण्डौ विश्वविद्यालय, धुलिखेल, काभ्रे लाई , दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार श्री प्रदीप कुमार चौधरी, जैविक प्रविधि
केन्द्रीय विभाग, त्रि.वि.वि. किर्तिपुर, फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार श्री दिपेश दुवे, कृषि तथा वन विश्वविद्यालय, चितवनलाई र   विज्ञान शिक्षक पुरस्कार  नातिकाजी महर्जन, श्री ज्ञानोदय माध्यमिक विद्यालय, बाफललाई प्रदान गरिएको नास्टले जनाएको 
–––