४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

२० जोडी दृष्टिवीहिन पति पत्निलाई नि:शुल्क यौन तथा प्रजनन उपचार सेवा

२० जोडी दृष्टिवीहिन पति पत्निलाई नि:शुल्क यौन तथा प्रजनन उपचार सेवा
अ+ अ-

काठमाण्डौ। आफ्ना आन्तरिक रोगबारे अस्पतालमा उपचारको लागि जाँदा ‘आँखा नदेख्नेले किन यौनसम्पर्क गर्नुपर्यो ?’ ‘किन बच्चा पाउनुपर्यो?’ भनेर स्वास्थ्यकर्मीका तिखा वचन सहेर रोग गुम्स्याउन वाध्य २० जोडी अल्पदृष्टिवीहिन र पुर्णदृष्टिवीहिन जोडीलाई शनिबार दिनभरी लगाएर नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

साङ्ग व्यक्ति सरह शारिरीक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको पनि सरल र सुलभ रुपमा स्वास्थ्य सेवामा पहुँच मात्रै नभई उनीहरुको पनि यौन तथा प्रजनन अधिकार उत्तिकै हुन्छ भन्ने कुरा धेरै स्वास्थ्यकर्मीलाई थाहा नभएका कारण अपाङ्गता भएका व्यक्तिहरुले अस्पतालहरुमा नमिठो व्यवहार र तिखो वचन सुन्न वाध्य थिए ।

यस्तो अवस्थामा विगत पाँच वर्षदेखि दृष्टिवीहिनका साथै शारिरीक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको समग्र स्वास्थ्य, यौन तथा प्रजनन अधिकारको बारेमा सेवा र ज्ञान दिँदै आएको नेपाल परिवार नियोजन संघ काठमाण्डौ उपत्यका शाखाले कार्यालय बन्द हुने शनिबारको दिनमा पनि त्यस्ता २० जोडीलाई खोजेर ल्याई नि:शुल्क स्वास्थ्य उपचार सेवा दिएको छ ।

दृष्टिवीहिन जोडीलाई स्वास्थ्य संस्थाले नीजि खर्चमा खोजेर ल्याई खाजापानीको समेत व्यवस्था गर्दै नि:शुल्क स्वास्थ्य उपचार सेवा दिएको संभवत्: यो नै नेपालको पहिलो घटना होला ।

अपाङ्गतामैत्री सेवा केन्द्रको रुपमा रहेको उपत्यका शाखामा यसअघि शारिरीक अपाङ्गता भएका र दृष्टिवीहिनहरु एक्लाएक्लै स्वास्थ्य उपचारको लागि आउने गरेतापनि दृष्टिवीहिन पतिपत्निलाई खोजेर ल्याई पहिलोपल्ट संगै उपचार दिईएको हो ।
शाखामा आवद्ध दृष्टिवीहिन साथी शिक्षक मार्फत उपत्यका शाखा कार्यालयमा ल्याएर उनीहरुको समग्र स्वास्थ्य तथा यौनरोग, महिलाहरुको हकमा बाँझोपन, गर्भवती परिक्षण, महिनावारी गडबडी र स्तन तथा पाठेघरको मुखको क्यान्सर लगायतको नि:शुल्क परिक्षण गरि आवश्यकता अनुसार उनीहरुलाई प्रयोगशाला सेवा पनि दिइएको शाखाका प्रवन्धक शरद कुमार अर्यालले बताए ।

उनीहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गर्नुअघि विभिन्न रोगबारे प्रशिक्षण दिनुका साथै उनीहरुको समग्र स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य समस्याबारे छलफल गरिएको थियो ।

पहिलोपल्ट यसप्रकारको सेवा पाएकोमा अल्पदृष्टिवीहिन र पुर्णदृष्टिवीहिन जोडी दंग देखिएका थिए ।

उपत्यका शाखाका वरिष्ठ मेडिकल अधिकृत डा.कृपा क्षेत्री, वरिष्ठ स्टाफ नर्सद्वय शशिकला पण्डित र सत्या भण्डारीको टोलीले ती २० जोडी दृष्टिवीहिन पतिपत्निलाई नि:शुल्क स्वास्थ्य सेवा दिएका थिए भने उनीहरुलाई शाखाका साथी शिक्षकद्वय सन्जिया श्रेष्ठ र सुनिता दुवालले खोजेर ल्याउने सहजीकरण गरेका थिए ।

पहिचान गरिएको रोग अनुसार उनीहरुलाई नि:शुल्क औषधि पनि वितरण गरिएको शाखा प्रवन्धक अर्यालले बताए ।