• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

काठमाडौँमा स्याल पनि रुने अबस्था आउदै छ: दुर्गा प्रसाई



file photo

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले काठमाडौँ ललितपुर र भक्तपुरबासीलाई आफनो आन्दोलनमा सघाउन आग्रह गर्नुभएको छ ।

शनिवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै प्रसाईले काठमाडौँ, ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गर्नुभयो ।उहाँले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन र साथ दिन सबैमा अनुरोध समेत गर्नुभयो
उहाँले युवाहरु विदेसिएको र देशमा बस्न सक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गर्नुभयो ।

‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गर्छु । साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उहाँले भन्नुभयो ।