१४ भाद्र २०८३, आईतवार
,
Latest
सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनभोजबाट फर्केको स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ घाइते



अ+ अ-

उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ । साथै, ७ वर्षे सन्ध्या चौधरी र ६ वर्षे विकास चौधरीको मृत्यु भएको छ ।

घाइते विद्यार्थीको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याइ उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताउनुभयो । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ । रासस