• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

विश्वकप ट्रफिमाथि खुट्टा राखेको भन्दै विश्वविजेता मिचेल मार्सविरुद्ध एफआईआर दर्ता



एजेन्सी । अलिगढ प्रहरीले एकदिवसीय विश्वकपको फाइनलपछि ट्रफीमा खुट्टा राखेको भन्दै अस्ट्रेलियाका अलराउन्डर मिचेल मार्सविरुद्ध एफआईआर दर्ता गरेको छ ।

पंडित केशव नामका एक आरटीआई कार्यकर्ताले अलिगढमा अस्ट्रेलियाली क्रिकेटर विरुद्ध एफआईआर दायर गरेका छन्, जसमा मार्सलाई प्रतिबन्ध लगाउन अपील पनि गरिएको छ ।

कार्यकर्ताका अनुसार अलराउन्डर मार्स विरुद्धको गुनासो छ कि प्रतिष्ठित ट्रफीमा आफ्नो खुट्टा राखेर उनले जानाजानी १४० करोड भारतीयहरूको अपमान गरे । पुलिस अधिकारीहरूले मुद्दा स्वीकार गरेका छन् र सोही आधारमा एफआईआर दर्ता गरेका छन् ।

आफ्नो गुनासोमा कार्यकर्ताले मार्सलाई भारतमा खेल्न प्रतिबन्ध लगाउन माग गरेका छन् । यससँगै प्रतिवेदनको प्रतिलिपि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय खेलकुद मन्त्री अनुराग ठाकुरलाई पनि पठाइएको छ । एफआइआर दर्ता भएपछि उपयुक्त देखिए ३२ वर्षीय खेलाडीविरुद्ध कारबाही गर्न सकिन्छ ।

मिचेल मार्सले २०२३ को विश्वकपमा ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गर्दै कुल २ शतक बनाएका थिए । यी दुई शतक पाकिस्तान र बंगलादेशविरुद्ध बनेका थिए । भारत फर्किनुअघि हजुरबुवाको निधन भएपछि अलराउन्डर प्रतियोगिताको बीचमै स्वदेश फर्किनु परेको थियो । यद्यपि, उनी भारत फर्किए र प्रतियोगितामा १० खेलमा ४९ को औसतमा कुल ४४१ रन बनाए ।