२६ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा सवा २ अर्बभन्दा बढी लाग्ने एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप ट्रफिमाथि खुट्टा राखेको भन्दै विश्वविजेता मिचेल मार्सविरुद्ध एफआईआर दर्ता



अ+ अ-

एजेन्सी । अलिगढ प्रहरीले एकदिवसीय विश्वकपको फाइनलपछि ट्रफीमा खुट्टा राखेको भन्दै अस्ट्रेलियाका अलराउन्डर मिचेल मार्सविरुद्ध एफआईआर दर्ता गरेको छ ।

पंडित केशव नामका एक आरटीआई कार्यकर्ताले अलिगढमा अस्ट्रेलियाली क्रिकेटर विरुद्ध एफआईआर दायर गरेका छन्, जसमा मार्सलाई प्रतिबन्ध लगाउन अपील पनि गरिएको छ ।

कार्यकर्ताका अनुसार अलराउन्डर मार्स विरुद्धको गुनासो छ कि प्रतिष्ठित ट्रफीमा आफ्नो खुट्टा राखेर उनले जानाजानी १४० करोड भारतीयहरूको अपमान गरे । पुलिस अधिकारीहरूले मुद्दा स्वीकार गरेका छन् र सोही आधारमा एफआईआर दर्ता गरेका छन् ।

आफ्नो गुनासोमा कार्यकर्ताले मार्सलाई भारतमा खेल्न प्रतिबन्ध लगाउन माग गरेका छन् । यससँगै प्रतिवेदनको प्रतिलिपि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय खेलकुद मन्त्री अनुराग ठाकुरलाई पनि पठाइएको छ । एफआइआर दर्ता भएपछि उपयुक्त देखिए ३२ वर्षीय खेलाडीविरुद्ध कारबाही गर्न सकिन्छ ।

मिचेल मार्सले २०२३ को विश्वकपमा ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गर्दै कुल २ शतक बनाएका थिए । यी दुई शतक पाकिस्तान र बंगलादेशविरुद्ध बनेका थिए । भारत फर्किनुअघि हजुरबुवाको निधन भएपछि अलराउन्डर प्रतियोगिताको बीचमै स्वदेश फर्किनु परेको थियो । यद्यपि, उनी भारत फर्किए र प्रतियोगितामा १० खेलमा ४९ को औसतमा कुल ४४१ रन बनाए ।