• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च मा बन्दी प्रत्यक्षीकरण निवेदन पेश



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पेश भएको छ ।

प्रसाईँको तर्फबाट बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रिट दायर गर्नुभएको छ ।

रिट निवेदनमा महाअभियानमा सहभागीहरुलाई धरपकड, भेटघाटमा आएकाहरुलाई केरकार गरेर राज्य आतंक सिर्जना गरेको दाबी गरिएको छ । अभियानले बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेको थियो ।