२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका लागि बोल्दा ‘हाउस एरेस्ट’ हुनुपर्यो: दुर्गा प्रसाईँ



file photo
अ+ अ-

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई घरबाट बहिर निस्कन सुरक्षाकर्मीले अबरोध गरेपछि आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् ।

आफ्नै घरमा नजरबन्दमा परेका प्रसाईँले घरमै पत्रकार सम्मेलन गरेर आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे ।

जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपरेको बताउदै हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ? भन्दै प्रश्न गरे । उनले भने, प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्याङ म पनि हुँ । हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन ? आज उहाँलाई सत्तामा पुर्याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् । उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’

हिजो सैनिक हिरासतको कठोर यातना भोगेको र आज पुलिसको यातना भोग्न पनि तयार रहेको बताउदै प्रसाईंले भने,‘स्कुलहरु चलुन्, एम्बुलेन्सहरु चलुन्, पसलहरु बन्द गरिदिनुस । दक्षिणकाली लगेर कालो बोको कटाउनुस, म भाग्नेवाला छैन ।’

साथै, उनले यो व्यवस्था परिवर्तन नहुञ्जेलसम्म काठमाडौंका पसलहरु बन्द गर्न आह्वान गरे ।