८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागु पूर्णिमाको अवसरमा भीमेसन मन्दिरमा भक्तजनको घुइँचो



अ+ अ-

भादगाउँ । फागु पूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिकरुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको घुइँचो लागेको हो । 

फागु पूर्णिमाका दिन भीमसेन देवताको विधिवत्रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नाका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ । आजका दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था, पसलेलगायतले बलिसहितको पूजा चढाउँछन् । आजको दिन टोल टोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजा, धाँ बाजालगायतका टोली भीमसेन मन्दिर जाने गर्छन । देवताको पूजाअर्चना गरी सम्येबजी खाएर फागु पर्व मनाउने गरिन्छ । त्यसलाई स्थानिय भाषामा भिसिंह पूजा भन्ने गरिन्छ । 

आजका दिन स्थानीय महिला हाकुपटासीमा सजिएर भीमसेन देवताको पूजापछि सम्येबजी खाएर एकापसमा अबीर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ । भक्तपुरमा आजै साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठको बेमानको पुरुष लिङ्गलाई नगर परिक्रमा गरी ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाइन्छ ।