१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागु पूर्णिमाको अवसरमा भीमेसन मन्दिरमा भक्तजनको घुइँचो



अ+ अ-

भादगाउँ । फागु पूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिकरुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको घुइँचो लागेको हो । 

फागु पूर्णिमाका दिन भीमसेन देवताको विधिवत्रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नाका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ । आजका दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था, पसलेलगायतले बलिसहितको पूजा चढाउँछन् । आजको दिन टोल टोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजा, धाँ बाजालगायतका टोली भीमसेन मन्दिर जाने गर्छन । देवताको पूजाअर्चना गरी सम्येबजी खाएर फागु पर्व मनाउने गरिन्छ । त्यसलाई स्थानिय भाषामा भिसिंह पूजा भन्ने गरिन्छ । 

आजका दिन स्थानीय महिला हाकुपटासीमा सजिएर भीमसेन देवताको पूजापछि सम्येबजी खाएर एकापसमा अबीर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ । भक्तपुरमा आजै साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठको बेमानको पुरुष लिङ्गलाई नगर परिक्रमा गरी ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाइन्छ ।