२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने छ जना दोषी ठहर



फाईल फोटो
अ+ अ-

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने नेपाल विद्यार्थी संघका छ जना नेता तथा कार्यकर्तालाई अदालतले दोषी ठहर गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद कुमार खतिवडाको एकल इजलासले कुटपिटमा संलग्न छ जनालाई जनही दुई वर्ष कैद र २८ लाख १७ हजार पाँच सय ३५ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

मुद्दाका प्रतिवादीहरु हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठ लाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ उपदफा (५) बमोजिम २ बर्ष कैद र २० हजार जरिवाना हुने र २८ लाख क्षतिपूर्ति भराउने अदालतको फैसला सुनाएको छ । साथै मतियारको अभियोग लागेका दीपकराज ओझाले सफाइ पाएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूले २०७७ सालमा त्रिवि परिसरमै चलाउनेमाथि आक्रमण गरेका थिए। आक्रमणमा चलाउनेको खुट्टा भाँचिएको थियो । साथै, टाउको र छातीमा समेत चोट लागेको थियो।

आफूमाथिको आक्रमण गर्ने नेविसंघका नेता तथा कार्यकर्ताविरुद्ध चलाउनेले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए । जिल्ला अदालत काठमाडौंमा उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारी वकिलको निर्णयपछि चलाउने सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चको आदेश अनुसार फेरि चलेको हो ।