५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने



file photo
अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानसहित यूवालाई सडकमा उतारेका प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन् ।

प्रसाईंले नेकपा एमाले निकट युवा संघले प्रदर्शन गरेको स्थान तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन् । उनले आफू नेतृत्वको आन्दोलन सुरुवातमात्रै भएको भन्दै निरन्तर जारी रहने चेतावनी दिए ।

प्रसाईंले पहिलो दिन बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही प्रदर्शनकारी घाईतेसमेत भएका थिए । स्थिति असामान्य भएपछि नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीको फोहोराको समेत प्रयोग गरेको थियो ।

दसैँको अष्टमीको दिन पनि नेपालीहरू विदेशमा श्रम गर्न जान बाध्य भएको बताउदै प्रसाईंले उनीहरुलाई देशमा फर्काएर पुरानो नेपाल बनाउने बताए । उनले भने , ‘हामीले रुँदै झोला बोकेर दसैको अष्टमीको दिन देश छोड्नु परेको छ । म यसको अन्त्य गर्न चाहन्छु । म त्यसै बोलेको होइन, मभित्र ठुलो पीडा छ । म मर्न तयार छु । म भाग्न तयार छैन । तपाईँहरुका छोराछोरीलाई यो देशमा फर्काएर यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ ।’

उनले संघीयता नचाहिने भन्दै आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको जिकिर गरे । नेपालमा विद्रोहको विरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउने बताउदै उनले सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्ने धम्की दिए ।