२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा हरिबोधिनी एकादशीको विशेष पूजा अर्चना- तस्बिरहरु



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति निवास शीतल निवासमा उहाँहरूले आज तुलसीको विशेष पूजा अर्चना गर्नुभएको राष्ट्रपति कार्यालयको ट्वीटरमा उल्लेख छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउने गरिन्छ ।