• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

‘एनएसएलले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउनेछ’



काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को आयोजकले शुक्रवारदेखि शुरु हुने दोस्रो संस्करणमा उत्कृष्ट फुटबल देखाउँदै नेपाली फुटबल एक पटक फेरि दर्शकको उपस्थितिलाई बाक्लो बनाउने लक्ष्य रहेको बताएको छ ।

नेपाली फुटबलको पहिलो फ्रेन्चाइज प्रतिष्पर्धा एनएसएलको दोस्रो संस्करणमा आगामी शुक्रबारदेखि सुरु हुँदैछ । दोस्रो संस्करणदेखि ९ वटा फ्रेन्चाइज टोलीले चुनौति प्रश्तुत गर्ने तय छ । बुधबार एनएसएलको आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै दोस्रो संस्करणलाई उच्च स्तरमा आयोजनामा लैजान प्रयत्न गर्ने बताएको छ । एनएसलको पहिलो आयोजना दुई वर्ष सम्पन्न भएको थियो । कोरोना महामारीका कारण पहिलो संस्करण बन्द रंगशालाबीच सम्पन्न हुन पुग्यो ।

त्यसैले दोस्रो संस्करणमा नेपालीलाई समर्थकलाई घरेलु फुटबलमा नयाँ अनुभुति दिने प्रयास गर्ने आयोजकको विश्वास छ । एनएसएलको आयोजक नेपाल स्पोटर््स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का निर्देशक श्रेयन्स कार्कीले ठूलो आर्थिक चुनौतीकाबीच पनि फ्रेन्चाइज टोलीहरूको सहयोग र आम समर्थकको चासोका कारण दोस्रो संस्करणलाई भव्य बनाउने बताए । उनले एनएसएल नेपाली फुटबलको शीर्ष डिभिजन सहिद स्मारक लिगको प्रतिष्पर्धी नभएको उल्लेख गर्दै यो आयोजनाबाट नेपाली फुटबललाई नयाँस्तरमा लैजान मद्दत पु¥याउने उद्देश्य रहेको धारणा राखे ।

पहिलो संस्करणमा सात फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गरेका थिए । दोस्रो संस्करणमा तीन नयाँ टोली थपिएको छ । तर, पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करणबाट हात झिकेको छ । त्यसैले एनएसएलमा फ्रेन्चाइज टोली अस्थिरबारे निर्देशक कार्कीले व्यक्तिगत कारणले त्यस्तो हुन गएको पनि स्पष्ट पारेका छन् ।

नेपाल स्पोटर््स एन्ड इभेन्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेयता कार्की चौधरीले एनएसएललाई नेपाली फुटबल विकासको सारथिका रूपमा अगाडि बढाउने उद्देश्यअनुरूप आयोजना गरिएको उल्लेख गरिन् । यस सस्ंकरणमा दर्शकको उपस्थिति बढाउने आयोजकले आकार्षक रूपमा आयोजना गर्ने उद्घोष गरेको छ । इङ्लिस फुटबल लिग चेल्सीका लिजेन्ड डिडियर ड्रोग्बालाई दोस्रो संस्करणको दौरान नेपालमा ल्याउने आयोजकले जनाएको छ । साथै फुटबलका अन्य हस्तीलाई पनि ल्याउने आयोजकले उल्लेख गरेको छ ।

यस संस्करणमा भारतका तीन जना रेफ्रीको पनि सहभागिता रहने भएको छ । यस पटक इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् । गत संस्करणको टोली काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि चुनौती प्रस्तुत गर्दैछन् । बुधबार नै भएको पत्रकार सम्मेलनमा अधिकांश टोलीले छोटो समयको तयारीका बाबजुद उत्कृष्ट फुटबल प्रदर्शन गर्ने उल्लेख गरेका छन् ।

पहिलो संस्करणमा काठमाडौं रेजर्सले उपाधि जितेको थियो । यस पटक ९ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । आयोजकले उपाधि विजेताका लागि अहिलेसम्म पुरस्कार तय नभएको पनि उल्लेख गरेको छ । यद्यपि, ७५ लाख रुपैयाँ नगद पुरस्कार या त्यो भन्दा पनि बढी हुन सक्ने आयोजक एनएसइएमका निर्देशक कार्कीले बताए । कुल ४० वटा खेल नै दशरथ रंगशालामा हुनेछन् । राम्रो मैदानको अभाव रंगशालमा नै सबै खेल खेलाउन बाध्य भएको आयोजकले जनाएको छ ।