१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

मैमाथि बम हान्न खोज्ने बादललाई गृहमन्त्री बनाएर गल्ती गरेंः प्रचण्ड

मैमाथि बम हान्न खोज्ने बादललाई गृहमन्त्री बनाएर गल्ती गरेंः प्रचण्ड
अ अ+ अ-

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापालाई गृहमन्त्री बनाएर आफूले ठूलै गल्ती गरेको बताउनु भएको छ । 

प्रचण्डले रुकुममा आयोजित कार्यक्रममा बोल्दै पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा अहिले आएर पछुतो लागेको पनि बताउनुभयो ।  

प्रचण्डले २०७० सालको संविधानसभाको निर्वाचनमा आफूलाई नै बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएको भन्दै आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो, पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा अलिकति गल्ती गरेँ ।

पार्टीबाट सांसद भएर नेकपा (एमाले)मा लागेका चार मन्त्रीहरूलाई निष्कासनको पत्र संसद् सचिवालयलाई पार्टी अध्यक्षका तर्फबाट आजै दर्ता गराउनु भएको थियो । नेकपा माओवादीबाट निर्वाचित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टी सदस्यसमेत नरहने गरी सांसदबाट हटाउने माओवादी केन्द्रले निर्णय गरेको थियो ।   

उहाँहरुलाई हटाउनु पर्ने कारणबारे प्रष्टीकरण दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, फटाहा-फटाहा टाइपका मान्छेहरूलाई प्राथमिकता दिएको जस्तो भयो । आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारितासाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।

प्रचण्डले संविधान र व्यवस्थामाथिको षड्यन्त्र नरोकिएको दाबी गर्दै भन्नुभयो, प्रतिनिधिसभा जोगियो तर षड्यन्त्र रोकिएको छैन । जनयुद्धबाट प्राप्त उपलब्धिमाथिको षड्यन्त्र रोकिएको छैन । समाजवाद उन्मुख संविधान खतरामा छ । संविधानविरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेका छन् । हामी त्यसका विरुद्ध लडिराखेका छौं ।