२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा बीभत्स अवस्थामा दुई जनाको शव फेला



अ+ अ-

चितवन । भरतपुरमा बीभत्स अवस्थामा दुई शव फेला परेको छ ।

भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा महिला र पुरुष दुई जनाको शव फेल परेको हो ।

अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने मृतकको परिचय नखुलेको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । दुवै जनाको अनुहारमा चोटका कारण पहिचान हुन सकेको छैन । शवलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल लगेको छ ।