१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

राजनीतिक विकृति-विसंगति विरुद्ध खबरदारी गर्न उपप्रधानमन्त्री पोखरेलको आव्हान

राजनीतिक विकृति-विसंगति विरुद्ध खबरदारी गर्न उपप्रधानमन्त्री पोखरेलको आव्हान
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिदै गएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न आव्हान गर्नुभएको छ । 

काठमाण्डौमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दे उहाँले पछिल्लो समय देखा परेका राजनीतिक विसंगति विरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो । स्वर्गीय रिमालले आफ्ना रचनाहरुमा सधै राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दे जबरजस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उहाँले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरु चुलिदै गएकाले त्यस विरुद्ध उभिनुपर्ने बताउनुभएको हो । उहाँले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिईकन “सपना देख्नेहरुलाई सराप्नेहरु पनि रहेको” भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो , आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरुलाई सराप्नेहरु पनि छन्। सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन् । तर गोपाल प्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुुहुन्थ्यो । उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो । धावा बोल्नुभयो । राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरु प्रसस्त देखिन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु , विसंगतिहरु चुलिएका छन् । तर निरास हुनुहुदैन । त्यसको विरुद्धमा उभिनुपर्छ ।”

उहाँले राजनीतिक दलका अगुवाहरुमा विकसित हुदै गएको व्यक्ति केन्द्रीत स्वार्थ देखेर आफुलाई लज्जाबोध हुने गरेको बताउनुभयो । उहाँले राजनीतिक वृतमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो“राजनीतिक अगुवाहरुले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौ, मैले पाईनँ, पाउनुपर्ने । नेतृत्व पक्तिमा रहेका मान्छेहरुको यही कोलाहाल देखिन्छ । यसले एकखाले मान्छेलाई राजनीतिसंग वितृष्णा जगाउँछ ।”

उहाँले मुलुकको सम्मुन्नत विकासका लागि राजनीतिक स्थायीत्व आवश्यक पर्ने र राजनीतिक स्थायीत्व नहुँदा देशले दुख पाउने भएकाले राजनीतिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “आज पनि अनौठो कुरा के छ भने जनता बाट निर्वाचित भएको प्रधानमन्त्री, ती प्रधानमन्त्री बीचैमा हट्नुपर्छ भनेर बीचैमा धक्का मारेर हटाउन खोजिन्छ । गरेको के हो यो ? के हो त भन्दा म हुनुपर्यो । म हुन पाईनँ । लज्जाबोध हुन्छ । यो मनोरोगबाट ग्रस्त छौ हामी । राजनीतिक क्षेत्रमा देखा परेको विकृति विसंगति झांगिएर यसरी देखा परेको छ । यसको विरुद्धमा हामीहरुको खबरदारी जरुरी छ । ”

स्वर्गीय रिमालका क्रान्तिकारी कविताको प्रभावका कारण नै आफु सानै देखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दे उहाँले अझै पनि आफुले जीवनलाई बुझिनसकेको बताउनुभयो । उहाँले जीवनको रंग हरियो निलो हुनुपर्नेमा खैरोखैरै भएर चलिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “म कम्युनिष्ट पार्टीमा लागेको कति बुझेर कति नबुझेर । सानै उमेरमा  हो ।मैले रिमालजीका तिनै केही कविताहरु, रिमालले लेख्नुभएका कतिपय क्रान्तिकारी भाव झल्किने कुराहरुले मलाई छोएको हो । सुरुमा म कम्युनिष्ट पार्टीमा लाग्दा सम्पुर्ण रुपमा घर छोडेर हिड्दा २१ बर्षको पुगेर  २२ बर्ष लागेको थिएँ । 

वास्तवमा त्यो भावनाको पक्ष हो । त्यो प्रवल थियो । सारको कुरा त्यत्ति थिएन । अहिले म बुझ्छु । त्यसबेलादेखि म यसमै लागिरहेको छु तर यसमा लाग्दाखेरी यो जीवनको रंग त हरियो हुनुपर्ने, निलो हुनुपर्ने, खैरो खैरै भएर चलिरहेछ । त्यसकारणले मैले वास्तवमा जीवनलाई बुझ्नका लागि धेरै कुराहरु बाँकी छन् भन्ने म ठान्छु । ”

उहाँले स्वर्गीय रिमाललाई आफुले क्रान्ति आमन्त्रण गर्ने एउटा स्वप्नदर्शी व्यक्ति र आधुनिक प्रर्वतकको रुपमा  चिनेको बताउनुभयो । आफ्ना रचनाका कारण अहिले पनि कालजयी विचारमा बाँचिरहेको उल्लेख गर्दे उहाँले रिमालको सामाजिक, शैक्षिक , साहित्यीक जागरणमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा स्वर्गीय रिमालकि पत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो । वरिष्ठ पत्रकार टंक पन्तद्धारा सम्पादित पुस्तक “गोपालप्रसाद रिमाल” पत्रकार गोविन्द प्रसाद दुलालले लेख्नुभएको हो ।