• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा ४ बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

डिशहोम मेगास्टारलाई १० लाखको पुरस्कार



काठमाण्डौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार, सिजनकै मेगा स्टार’ योजनाअन्तर्गत आगामी हप्ता मेगास्टार घोषणा हुँदैछ ।

आगामी ११ मंसिरमा लक्की ‘ड्र मार्फत’ डिशहोम मेगा स्टारको छनौट हुनेछ । गत असोज १ देखि मंसिर ११ गते मध्याह्न १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु उक्त योजनामा सहभागी हुन सक्नेछन् ।

यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनी नगद १० लाख, मिडियामा फेमश र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव गर्ने मौका पाउने डिशहोमले जनाएको छ ।

यसअघि हरेक हप्ता सुपरस्टार योजनाअन्र्तगत एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकको घोषणा गरिसकिएको छ । यो योजनाको अन्तिममा मेगास्टार बन्नेले १० लाख रुपैपाँ पाउनेछ । मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरी योजनामा सहभागी हुन मिशहोमले भनेको छ । डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिने बताइएको छ ।