१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपतिको आह्वान

प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपतिको आह्वान
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष शतर्कता अपनाउनु जरुरी रहेको बताउनुभएको छ ।

बुधवारबाट काठमाडौंमा शुरु भएको एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर्स) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले कुनैपनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भुमिका खेल्ने गरेको बताउनु भयो । उहाँले ‘पृथ्वी रहे मात्र हामी रहन्छौं’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि आह्वान गर्नुभयो । उहाँले संगठनले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । राष्ट्रपति पौडेलले कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । अहिलेको विश्वलाई हेर्ने हो भने पनि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेका छन् । तर भौतिक पूर्वाधारको विकाससँगै हामीले यससँग सम्बन्धित अन्य पक्षहरूलाई पनि विशेष ध्यान दिनुपर्ने समय आएको छ । जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष शतर्कता अपनाउनु जरुरी छ । ‘पृथ्वी रहे मात्र हामी रहन्छौं’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि म यस गरिमामय सभामा उपस्थित सरोकारवाला सबैको ध्यानाकर्षण गराउन चाहन्छु । इफाप्कामा आवद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको शिकार भइरहेको परिप्रेक्ष्यमा यस संगठनले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता मैले देखेको छु । यसका लागि इफाप्का आवद्ध मुलुकहरूबीचको आपसी समन्वय अझ प्रभावकारी हुनुपर्नेमा म विशेष जोड दिन चाहन्छु ।’

‘हालै नेपालको भ्रमण गर्नुभएका संयुक्त राष्ट्र संघका महासचिवले पनि जलवायु परिवर्तनको एजेण्डालाई उच्च महत्व दिनुभएको प्रसङ्गसमेत म यस सभामा स्मरण गराउन चाहन्छु । यसका साथै कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न म पुन: यस मञ्चबाट यहाँहरू सबैलाई हार्दिक अपील गर्दछु । आजको विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा यस संगठनले प्रविधिमैत्री अभ्यासलाई अझ वृहत बनाई आपसी भाइचारा र संगठन बिस्तारलाई थप सुदृढ बनाउने अपेक्षा मैले लिएको छु । पछिल्लो समय समग्र विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको जगजाहेर नै छ । विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भुमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन यहाँहरूबाट सकारात्मक भुमिकाको अपेक्षा गरेको छु ।’

राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भुमिका महत्वपूर्ण हुने भन्दै संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भुमिका खेल्न आग्रह गर्नुभयो ।