२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य सत्ता आधुनकि राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छ: सांसद शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्य सत्ता आधुनकि राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाउनुभएको छ ।

मंगलवार विदेश भ्रमण गरी स्वदेश फर्किनुभएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरुले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताउनु भयो । उहाँले दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिवका आवाज उठाउन नदिएको बतउनु भयो । उहाँले चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारका सदस्यहरुले गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राज्य सत्तामा आधुनिक लुटेराहरु छन् । अहिले आधुनकि राजनीतिक लुटेराहरुले यो मुलुक चलाइरहेको देखिन्छ । केही सम्रान्त मानिसहरु र हरेक पार्टीका केही व्यक्तिहरुले जसले राज्य संयन्त्रको दोहन गरेका छन् । उनीहरु दूरदराजमा भएका भुईं मान्छेहरुका आवाज, गरिवका आवाज उठाइएको छैन ।’

‘सामान्य मानिसले रोटी पकाउन र चिया खान प्रयोग गर्ने चिनी अहिलेका प्रधानमन्त्रीका परिवारले म्यानुपुलेशन गरेर त्यसलाई रातारात कालोबजारीमा कन्भर्ट गरेर करोडौँ रुपैयाँको चलखेल भयो । नेपाल डिपो भन्ने ग्यास प्रधानमन्त्रीको भान्जाले किन्नुभएको छ र ग्यासमा ४२५ रुपैयाँ बढाइएको थियो, केही हल्ला भएपछि घटाइयो । त्यसमा ६ अर्ब पैसा जनताको पकेटबाट लुट्ने काम गरियो । डेमोक्रेसीको विकल्प छैन । संसारको उच्चतम राम्रो व्यवस्था डेमोक्रेसी हो । अहिले नियन्त्रित डेमोक्रेसीको रुपमा लगिएको छ ।’

सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रुपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताउनु भयो ।