२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छ: मुख्यमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरुले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलन समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकसित राष्ट्रहरु अझैपनि पीडित देशहरुलाई गर्ने भनेको सहयोगका लागि आनाकानी गरिरहेको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोग गर्ने सम्झौता गर्ने तर वित्त हस्तान्तरण गर्न आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले पीडित देश भएकाले नेपालले यसको नेतृत्व लिन सुझाव दिनुभयो । उहाँले नेपालमा जलवायु परिवर्तनका नाममा भएका खर्चहरुमा सोच्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विकसित राष्ट्रहरु अझैपनि कतिपय अवस्थामा अन्कनाइरहेका छन् की यो वातावरणीय परिवर्तनका महासन्धी, सन्धीहरुमा हस्ताक्षर गर्नका लागि उनीहरुलाई बाध्य पारिनुपर्छ । बोल्ने मात्रै होइन, हामी यो फण्डमा यति पैसा राख्छौँ, यो गर्छौं भनेर यस्ता सम्मेलनमा भन्ने तर त्यसमा फण्ड नआउने अब यसको अन्त्य गर्नुपर्छ । यो लडाईंको नेतृत्व हामीले गर्नुपर्छ ।’

‘अब हुने कोप २८ मा यो लडाईं र अधिकार प्राप्तिको नेतृत्व नेपालले गर्नुपर्छ । केही कुरा हामीले परिवर्तन पनि गर्नुपर्छ । जलवायु परिवर्तनको नाममा हामी कहाँ पनि धेरै खर्चहरु भएको म देख्छु । तर त्यो खर्च अब कतापटि लैजाने ? त्यसबारेमा पनि सोच्नुपर्छ । सफ्टवेयरमा धेरै खर्च गरेका छौँ, जनचेतनाको नाममा । अब त्यो सफ्टवेयरमा मात्रै होइन, हार्डवेयरमा पनि लागू हुनुपर्छ । विकासको मोडेल पनि हामीले चेन्ज गर्नुपर्छ । विशेष गरेर अहिले बाटो बनाउँदा स्वेल इरोजन बढी भएको छ । यसले प्राकृतिक विपत्ति निम्तिएका छन् ।’

मुख्यमन्त्री पाण्डेले नेपालमा विकासको मोडेल परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।