१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय पाण्डे र खरेलको इजलासमा



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा तोकिएको छ ।

काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएकाहरूको निवेदनमाथि मंगलबारदेखि उच्च अदालत पाटनमा निरन्तर सुनुवाइ हुन लागेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको भन्दै नेपाल सरकारले ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा पूर्व विशिष्ट व्यक्तिहरूमाथि मुद्दा चलाएको थियो । उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले अभियुक्तहरू कसुरदार होइनन् भन्न नसकिने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेक नारायण पाण्डे लगायतका व्यक्तिहरू उच्च अदालत पुगेका थिए । उनीहरुले थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी दायर रिटमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने भएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएकाहरूले थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी दायर रिटमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुनेछ । बिहीबारसम्म यस मुद्दामा आदेश गर्ने तयारी रहेको छ ।