१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युयोर्कको क्वीन्स भवनमा भीषण आगलागीबाट २१ जना घाइते



अ+ अ-

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित क्वीन्समा रहेको एक भवनमा मंगलबार भीषण आगलागी हुँदा २१ जना घाइते भएका छन् । 

३५० भन्दा बढी अग्निनियन्त्रक आगो निभाउनका लागि खटिएका थिए । घाइते हुनेमा १६ जना अग्निनियन्त्रक र पाँचजना सर्वसाधारण रहेको फायर डिपार्टमेन्ट अफ न्युयोर्कका डेपुटी असिस्टेन्ट चीफ माइकल गालाले बताउनु भयो । कसैलाई पनि गम्भीर चोटपटक भने लागेको छैन । 

उक्त भवनमा १५० वटा अपार्टमेन्ट छन् । आगोका कारण लगभग २४० जना विस्थापित भएको गालाले बताउनु भयो । रेडक्रसले विस्थापित परिवारलाई सहायता गरिरहेको छ । 

आगो छैटौं तल्लामा रहेको एक अपार्टमेन्टबाट शुरू भएको थियो । त्यसपछि त्यो क्रमशः माथिका तल्लाहरूमा चढ्दै गयो । 

आगो लागेको अपार्टमेन्टका मानिस ढोका खोलेर भागेपछि आगो फैलिएको बताइएको छ । आगोले भवनको एक भाग पूरै क्षतिग्रस्त पारेको छ । 

आगलागीको भिडियोमा ज्याकसन हाइट्समा रहेको रातो घरको छतबाट धूवाँ निस्किएको देखिन्छ । एजेन्सी ।