६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर ७: प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने



अ+ अ-

काठमाडौं । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान भन्दै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंको प्रर्दशन रत्नपार्कमा गर्ने तयारी भएपनि स्थानीय प्रशासनले बालाजु वा अन्य कुनै क्षेत्र तोक्ने तयारी गरेको छ ।

सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रसाईंको कार्यक्रम रत्नपार्कमा गर्ने तयारी रहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले न्युजपोलारसंग भन्नुभयो “उहाँहरुलाई बालाजु वा पश्चिम क्षेत्रको कुन स्थान दिने भन्नेबारेमा छलफल भै रहेको छ । रत्नपार्कमा हुदैन होला ।” उहाँले भन्नुभयो “शान्तिपूर्ण प्रर्दशनका लागि हामी स्थान तोकिदिन्छौ तर सामाजिक सद्भाव भड्कने ,वा शान्ति सुरक्षाका खललपुग्ने अबस्था देखिए प्रर्दशन रोक्न पनि सक्छौ ।”

मंसिर ७ गते प्रसाई र नेकपा एमालेको भातृ संगठन युवा संघको कार्यक्रम जुधेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

माइतीघरमा कार्यक्रम गर्न नपाउने भएपछि युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने जनाएको छ ।