४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटनाः ८ जनाको मृत्यु



अ+ अ-

प्यूठान । प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । 

दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । 

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको थियो।  जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।

बाटोमा झरेको पहिरोको कारण जिप दुर्घटनामा परेको बताइएको छ । 

मृतकहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।