११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटनाः ८ जनाको मृत्यु



अ+ अ-

प्यूठान । प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । 

दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । 

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको थियो।  जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।

बाटोमा झरेको पहिरोको कारण जिप दुर्घटनामा परेको बताइएको छ । 

मृतकहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।