१२ असार २०८३, शुक्रबार
,
Latest
गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश कुमार चुडालको इजलासमा



अ+ अ-

काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा। कुमार चुडालको इजलासमा तोकिएको छ ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार न्यायाधीश डा। कुमार चुडालको इजलासमा हुन लागेको हो ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, सुनिल रन्जन सिह ,परशुराम पाण्डे, जगन्नाथ दुलाल लगायतले सरकारको निर्णय गैर कानूनी भएका दाबी गर्दे रिट निबेदन पेश गर्नुभएको थियो ।

सबैरिटमा टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने माग गरिएको छ ।

सरकारले कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटकमाथ तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।