१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशी हमासको नियन्त्रणमा – इजरायलस्थित नेपाली दूतावास



अ+ अ-

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको जनाएको छ ।

इजरायलको किब्बुज-अलुमिम हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले बिज्ञप्तिजारी गरेर जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ -७अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको Kibbutz-Alumim मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी  विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्।

तथापि, श्री जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्क विहिन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

Presss Release 8